Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Sambodhi </p>

Sambodhi 

Description

सम्बन्धहरु धुमिल हुँदै जाँदा मानव र मानव सभ्यतामाथी पनि प्रश्न चिन्ह खडा हुँदो रहेछ । विश्वासको दरिलो आधारमा सम्बन्धहरु अडिएका हुन्छन् । जब त्यही आधारका हरेक रेशाहरु चुँडिन थालेपछि कुनै मूल्य हुँदो रहेनछ मानवताको पनि । मनहरु दुख्दा पीडा बिसाउने आफन्तहरुकै मन–कालो भएपछि संवेदनाहरु मर्दा रहेछन् । विकाश र शिक्षाको तीब्र गतिमा रहेको २१ औं शताव्दीको यो विश्व–महिला हिंसाको पराकाष्ठाले कलंकित भएको छ । उनीहरुको चित्कार, पीडा र आँसुले पोतिएको छ । हिंसा शारिरीक होस् या मानसिक, घरभित्र होस् या घरबाहिर यो क्रम जारी छ । पटक–पटक हिंसामा परेका महिलाहरुको पीडा कस्तो होला? मानसिकता कस्तो होला ? यसैको सेरोफेरोमा घुमिरहेको नाटक हो – सम्बोधी ।

Directional Note

केही समय अगाडीको कुरा, सामाजिक सञ्जालहरु सहित सम्पूर्ण संचारमाध्यमहरु ढपक्कै ढाकेका थिए महिला हिंसाका घटनाहरुले । त्यहीबाट टुसाएको थियो नाटक–सम्बोघीको भ्रुण । भ्रुण टुसाएदेखि नै मेरो मनमस्तिष्कमा एउटा कुराले डेरा जमाएको थियो । त्यस्ता घटनाले पीडित महिलाहरुको पीडाको अनुमान कसले लगाउन सक्ला? कस्तो होला तिनको मानसिकता ? नाटकभरी नै तिनै मानसिकताहरुमा घुम्ने प्रयत्न गरिरहेको छु । ती पीडाहरुलाई थोरै भएपनि महशुस गर्ने प्रयत्न गरेको छु । थाहा छैन कति सफल भएँ । नाटक लेखि सकेर मञ्चमा उतार्ने तयारी गरिरहदा सम्म पनि यस्ता अप्रिय घटनाहरुको समाचार आउनेक्रम अझै रोकिएको छैन । नाटक मञ्चमा उत्रेपछिमात्र पूर्ण हुन्छ । यही पूर्णता दिनेक्रममा मेरा रंगकर्मी भाइ बहिनीहरुले गरेको मिहेनत, नेपथ्यमा साथीहरुले खेलेको भुमिका निकै नै सराहनीय छ मेरो लागि । धन्यवाद उहाँहरुलाई । थिएटर मल परिवारका साथीहरुलाई पनि धन्यवाद । अझ विशेष धन्यवाद हाम्रा आदरणिय दर्शकहरुलाई – जो रंगकर्मी अनि रंगमञ्च बाँच्नुका मूख्य कडी हुन् । ..... बाँकी तपाईहरुको प्रतिक्रियाको अपेक्षा गर्दछु ।

Cast & Crew

मञ्चमा 

नेहा पोखरेल

एना देउजा

एलिजा अधिकारी

अमृता खनाल

सुविना पौडेल

अनिल सुब्बा

विशाल डोटेल

बिवेक गोपाली

नेपथ्यमा 

वेशभूषा: पूर्णिका रेग्मी

मिडिया, डकुमेन्टेशन: नज्मा राई

संगीत: शिव प्रसाद अधिकारी, सुवास पौडेल, विक्की ज्याक

रंग संयोजन, प्रोड्क्सन: मंगलदास श्रेष्ठ

प्रकाश, लेखन, निर्देशन: राम के.ए.सी.