Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Bimbaka Sapana</p>

Bimbaka Sapana

Description

“बिम्बाका सपना”को कथासार सजिलो पनि छ, जटिल पनि छ । सजिलो पक्ष यस्तो छ । बिम्बा उर्फ यशोधरा र छोरा राहुललाई गौतमले छोडेर मध्यरातमा गएपछि बिम्बाले एउटा पत्नी भएर बसेको अलिखित, कसैले चर्चा नगरेको समयको कथा हो, जुन खोपीमा बिम्बाकै वोलीमा बुझिन्छ/देखिन्छ । गौतम कथाको अन्त्यमा बुध्द भएर कपिलवस्तु फर्किन्छन् अनि त्यसपछि के हुन्छ त्यो थाहा भएकै कथा हो । जटिल पक्ष पनि त्यही हो जुन बिम्बाका बोलीहरूमा नित्य आइरहन्छ । नाटक सिंहको गर्जनबाट तर्सेको बालक राहुलको प्रसङ्गबाट सुरू हुन्छ । बुध्दका ज्ञानवाणीलाई सिंहको गर्जनसंग तुलना गरिन्छ । बिम्बाको खोपीमा राजाका सन्देश लिएर नारीहरू आउंदैजांदै गर्छन् । हरेक पटक बिम्बा आफू एउटी पतीले छोडेर गएकी अनि प्रतीक्षामा बसेकी नारीको विचार र चिन्ता सुनाइरहन्छिन् । बुध्द फर्केर आएपछि पत्नी भेट्न पनि सक्दैनन्, तर भेट्छन् पनि । अनि अन्त्यमा कसले जित्छ, कसले हार्छ बिम्बाकै अभिनय र रङ्गमञ्चीय विधानहरूले देखाउंछन्, नाटकमा ।

Directional Note

बुद्धका वाणी र दर्शनहरू जबदेखि सुनेँ, पढे, बुझेँ र बुझ्दै छु । यसले मेरो जीवन उर्जाशील बनाएको छ र मान्छे हुनुको अर्थमा घच्घचाइ रहन्छ । जब म बौद्ध दर्शनको अध्ययन गर्छु, बौद्ध विहार, गुम्बा पुग्छु, एउटा अव्यक्त आनन्दले, शून्य, शान्तिले तृप्त हुन्छु, अतृप्त  हुन्छु । यसैबीच जब मैले अभि सुवेदी सरको बिम्बाका सपना पढेँ । मलाई लाग्यो– हामीले त इतिहासलाई एकोहोरो मात्र हेरेका रहेछौ“ । किन अटाउन सकेन होला इतिहासका कुनै पनि पानामा बिम्बाका ती छट्पटी, ती पीडाहरु ? रसै–रसभित्रकी निरस नारी, सम्पूर्णताभित्रकी एक अपूर्ण पात्र भएर बाँच्नुको पीडा पक्कै पनि सहज थिएनन् । फेरी आफ्ना बग्रेल्ती सपनाहरु, इच्छा, आकांक्षहरुलाई टेकेर कसरी उभि रहिन् होली– बिम्बा ? नाटक पढीरहँदा म छट्पटइ रहेँ या म भित्र ती पात्र मैले ठम्याउन सकिरहेको थिएन । अचानक, मलाई लाग्यो– यस नाटकलाई मञ्चमा उतार्न पाए हुन्थ्यो । उतार्नु पर्छ । मैले यस नाटकलाई लिएर मेरा केही साथीहरुसँग छलफल गरेको थिएँ । उहाँहरुले हुन्छ, गरौं, यस नाटकलाई हामी मञ्चमा उतार्न सक्छौँ भन्ने विश्वास दिए पछि हामी भेट्न पुगेका थियौं– अभि सुवेदी सरलाई । हामीलाई लागेको थिएन अभि सरले यति सहज ढंगले लिनुहोला । तर हामी उहाँको अनुमति र त्यसदिनको भेटले चकित अनि निकै उर्जाशिल भएर फर्केका थियौं । त्यसैको परिणाम हो– म नाटक बिम्बाका सपना लिएर तपाइईहरु सामु आएको छु । मलाई यस यात्रामा साथ र सहयोग दिनुहुने सम्पूर्ण मेरा आत्मीय मित्रहरु र थिएटर मल परिवारलाई धन्यवाद । साथै विशेष धन्यवाद आदरणीय दर्शकहरुमा । बाँकी तपाइईहरुको प्रतिक्रियाको आपेक्षा ।

Cast & Crew

मञ्चमाः शुष्मा कोइराला छायाँचित्रमाः रविना श्रेष्ठ विवेक गोपाली विशाल डोटेल सुमन कोइराला अन्जनी भरतवाल प्रजुला डंगोल र शंकर भण्डारी नेपाथ्यमाः आवरण कलाः इरिना ताम्राकार ड्रेस डिजाइन : मुना श्रेष्ठ (जोशी) मेकअप/हेयर डिजाइन : स्वस्तिका राजभण्डारी फ्लोर–आर्ट : किरण सिगु मिडिया/डकुमेन्टेशन : उमा सिग्देल प्रकाश/सेट डिजाइनः घनश्याम श्रेष्ठ कोरियोग्राफि : शुष्मा कोइराला कोरस गायन : विद्या तिवारी गितारः ईन्द्र बलामी / सुवास पौडेल प्रोमा/भिडियो : सुमन कोइराला (ई–फ्याक्ट्री) संगितः टिकाभक्त जिरेल लेखन : डा. अभि सुवेदी परिकल्पना/निर्देशन : घनश्याम श्रेष्ठ