Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Maan Vs Mati</p>

Maan Vs Mati

Description

यो नाटक मध्यम वर्गको सामान्य परिवारको अति सामान्य कथामा बुनिएको छ । अझ निश्चित सोँच र समय बोकेका पात्रको असमान्य लाग्ने सामान्य व्यवहारलाई नै दृश्यात्मक बनाउने प्रयत्न गरिएको छ । एकै परिवार भित्रका फरक उमेर र फरक भोगाईकाबीच फरक फरक चाहनाको झोला भिरेका केही पात्रहरु अभिमान र विवेकबीचको द्वन्द्व बोकेर सल्बलाउने प्रयत्न गरेका छन् । पारिवारिक सम्बन्धको जालो सामान्य परिस्थितिमा गाँठिलो बन्छ र परिस्थिति असमान्य बन्दा झन् गाँठिलो बन्छ । त्यस्तै त्यही सम्बन्धको जालो सामान्य घटना र सन्दर्भमै खुकुलो बन्ने गर्छ भने कहिलेकाँही असमान्य परिस्थितिको हिर्काइबाट चुडिन पनि सक्छ । यसर्थः विश्वासमा बुनिएको सम्बन्धको अर्को रुप हुन्छ भने त्यो पनि विश्वास नै हो । यो कुनै नयाँ कुरा पनि होइन, ‘परिवार कायम राख्न एक आगो हुँदा अर्को पानी बन्नुपर्छ’ । र यो पनि नयाँ होइन कि, ‘रथ चल्न दुबै पांग्रा चाहिन्छ’ । नाटकको कथावस्तु कोही कसैको जीवनसँग मेल खान गएमा हाम्रो भन्नु केही छैन ।

Directional Note

अघिल्लो वर्ष निकै मन पराइएको यस नाटक यसवर्ष फेरि दोहोर्याउँदै छौं । नाटक मञ्चन रोकिए पछिद्प नि रंगप्रेमी दर्शकहरुको चासो नाटकले पाएका थियो तर हामीले निर्धारित समय नाटक रोकेका थियौं । देशले नाकाबन्दी झेलिरहेको समयमा यस नाटकले पनि नाकाबन्दी भोगेको थियो । नाटक हुँदाहुँदै लोडसेडिङ अनि लोडसेडिङपछि डिजेल अभावबाट जेनेरेटर समेत चलाउन नसक्ने भएपछि दर्शकहरुले मोबाइल बालेर समेत नाटक हेरेर हामीलाई साथ दिनुभएको थियो । सम्झँदा घटनाहरु कथा बनिसके, यसपटक काठमाडौंले नाकाबन्दी र लोडसेडिङ दुबैबाट मुक्ति पाएको छ । ‘नाटक विषयवस्तु मात्र होइन प्रस्तुति पनि हो’ भन्दै साथीहरुले एक खालको किचकिच गरेपछि यो नाटकलाई मञ्चन गर्ने निर्णय लिएको थियौं । किचकिचको परिणाम मञ्चसम्म आइपुग्दा पहिले सामान्य लागेको कथावस्तुभित्र पनि केही गम्भिर पक्ष पनि देखेँको थिएँ, फलस्वरुप अहिले नाटक दोहो¥याउँदा भने म आफैमा रोमाञ्चित भएको छु । यसपटक श्रीमानको भूमिकाका लागि अन्य कार्यव्यस्थताका कारण साथी अभय बराललाई ‘मिस’ गरेका छौं । तर उनको साथ समर्थनले नाटक फेरि मञ्चित हुँदैछ । फेरि पनि यो हेर्ने र देख्ने कार्य प्रिय दर्शकहरुलाई छाडेको छु । यहाँहरुले जस्तो देख्नुहुन्छ त्यसरी नै हेरिदिनुहोला । नाटकसंग जोडिएका र जोडिने सबैप्रति आभारी छु ।

Cast & Crew

मञ्चमा

श्रीमान: आकाश मगर

श्रीमती: प्रेमवर्षा खड्का

भाइ: कुशल पाण्डे

छोरा: ? (को हो ? आफै खोज्नुहोला)

रजनीरुपेश: सवीर चुरौटे

महिला १: शारदा अधिकारी

महिला २: रोजिना श्रेष्ठ

अधबैसें यात्रु: रोशन सुवेदी


नेपथ्यमा

पोस्टर डिजाइन: मिलन काप्री

मञ्च परिकल्पना: केदार श्रेष्ठ

मञ्च निर्माण: सुरेश कार्की, रामशरण रेग्मी, अर्जुन पौडेल, राजेन्द्र भट्ट

भेषभुषा व्यवस्थापन: शिव परियार 

पब्लिसिटी: शुभम गणेश पौडेल, उमेश कार्की, सुजन महत

बक्स अफिस: अनुजा अधिकारी, आलिसा गौतम

ध्वनी संकलन/संयोजन: देव न्यौपाने

ध्वनी परिचालनः अमुल श्रेष्ठ

भिडियो निर्माण/संकलक: विभु पौडेल

भिडियो डकुमेन्टेशन: प्रशुन सिन्धुलीय

कोरियोग्राफी: सुमनसागर जंग केसी

प्रकाश परिकल्पना: घनश्याम श्रेष्ठ

प्रकाश परिचालन: घनश्याम श्रेष्ठ, दिलजंग गुरुङ

मञ्च व्यवस्थापन: शंकर भण्डारी

कार्यकारी निर्माता: इलिना नकर्मी

लेखन,परिकल्पना तथा निर्देशन: केदार श्रेष्ठ 

Playwright, Designer & Director: Kedar Shrestha