Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>UpiyaKo Nibandha</p>

UpiyaKo Nibandha

Description

स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ । परम्परागत शिक्षकको दवाव, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतुर्याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतुर्याईपछि शिक्षकको प्रतिक्रिया हो । कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ । गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्तुतिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न ढकढकाउँछ । यसपटक विद्यार्थीको भूमिकामा वयस्क कलाकारहरु उत्रेपनि उनीहरुले आफ्नो स्कुले जीवन जिउने प्रयत्न भने गरेका छन् । अरु त नाटक आफै बोल्छ ।

Directional Note

हाँसोदेखि खुशीसम्म ‘बालबालिका रंगीन हुन्छन्’ भन्नेमा विश्वास गर्छु । तर कहिलेकाँही हाम्रा छेकबार र उर्दीहरुले उनीहरुको रंग फुंग उडाउने गर्छन् । जतिसुकै साना भएपनि उनीहरुको पनि मन हुन्छ, मस्तिष्क हुन्छ, र उनीहरुमा पनि आत्मसम्मान भन्ने कुरा हुन्छ । यसर्थः ‘सानालाई माया’ भन्ने पूरातन सोचबाट बाहिर निस्केर ‘सानालाई आदर’का साथ यो नाटक लेखेको हु“ । निर्देशनको रुपमा यो मेरो पहिलो अनि चौथो नाटक हो । नेपाल शेक र राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीले गरेको एक महिने पूर्ण कार्यशालामा गफगाफका क्रममा एक चुट्किला सुनेर धेरैबेरसम्म हाँसे । शान्त हुँदा हाँसोभित्र निकै गम्भीरता देखें र त्यही चुट्किलाले नाटकको स्वरुप लिएको हो । २०६९ मै राष्ट्रिय बालनाटक महोत्सव हुँदै मण्डला थिएटरमा यो नाटकका केही मञ्चनहरु भएका थिए । पहिले मञ्चन भइसकेको भएपनि यो नाटक पुरानो भने होइन । अलिकति रमाउँदै, अलिकति डराउँदै यहाँहरुको प्रतिक्रिया कुरिरहेछु । –केदार श्रेष्ठ

Cast & Crew

मञ्चमा


महेश : अभय बराल

नेपाली सर : राजेन्द्र भट्ट

मीरा : सञ्जिता सञ्जी

राजिव : विजय ताम्राकार

प्रदीप : प्रकु पाण्डेय

ज्योति : बिनिता गुरुङ

प्रमिला : लक्ष्मी बर्देवा

सारा : एना देउजा

सुमन : शंकर भण्डारी

हेडसर : रोसन सुवेदी

कृष्ण दाई : जीवन भट्टराई

शिक्षिका : ममता लामिछाने

शिक्षक : दिपक चन्द


नेपथ्यमा

पोस्टर कला : नारायणप्रसाद बोहजु

पास्टर निर्माण : रमेश भट्टराई

मञ्च पकिल्पना : केदार श्रेष्ठ

मञ्च निर्माण : सुरेश कार्की, हुम बीसी, रामशरण रेग्मी

श्रृंगार : ममता लामिछाने

भेषभुषा : सञ्जिता सञ्जी, लक्ष्मी बर्देवा

मार्केटिङ, पव्लिसिटी : रोशन सुवेदी, जीवन भट्टराई, प्रकु पाण्डे, ऐना देउजा

हस्पिट्यालिटी, प्रप्स : अर्जुन पौडेल, उमेश कार्की, शंकर भण्डारी

गीत : रोसन सुवेदी

स्वर : आकाश मगर

संगीत : राजेश थापा

संगीत/ध्वनि संयोजन : राजु कार्की

संगीत परिचालन : केदार श्रेष्ठ, अमुल श्रेष्ठ

भिडियो निर्माण : विभु पौडेल

कोरियोग्राफी : सञ्जिता सञ्जी

प्रकाश परिकल्पना : घनश्याम श्रेष्ठ

प्रकाश परिचालन : घनश्याम श्रेष्ठ, सवीर चुरौटे, दिलजंग गुरुङ

मञ्च व्यवस्थापन : राजेन्द्र भट्ट

निर्देशन सहयोगी : सुदाम सिके, आकाश मगर

कार्यकारी निर्माता : इलिना नकर्मी

लेखन, परिकल्पना तथा निर्देशन : केदार श्रेष्ठ

Playwright, Designer & Director: Kedar Shrestha