Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>जर्मनीको थिएटर सेमिनारमा निर्देशक केदार श्रेष्ठ<br></p>

जर्मनीको थिएटर सेमिनारमा निर्देशक केदार श्रेष्ठ

काठमाडौं, जेठ ३० । बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनल (एशोसियसन अफ थिएटर फर चिल्ड्रेन एण्ड योंग पिपल)ले आयोजना गर्ने ‘इन्टरनेशनल डाइरेक्टर सेमिनार’ जर्मनीमा सुरु भएको छ । यसपटक यस सेमिनारमा नेपाली रंगकर्मी पनि छनौट भई सहभागी भएका छन् । 

आसितेजको जर्मनी सेन्टर आसितेज जर्मनीले आयोजना गर्ने यस सेमिनारमा आसितेज नेपालको तर्फबाट युवा रंगकर्मी केदार श्रेष्ठ सहभागी हुनुहुन्छ । जर्मनीको ओल्डनवर्गमा यही जुन १२ देखि सुरु भएको सेमिनार १८ जुन सम्म हुनेछ ।

आसितेज जर्मनीले छनौट गरेका २३ देशका २६ जना तथा जर्मनीबाट ६ जना गरी ३२ जना रंगमञ्चका निर्देशक (थिएटर डाइरेक्टर)हरु यसपटक इन्टरनेशनल डाइरेक्टर सेमिनारमा सहभागी छन् । ओल्डनवर्ग सहरको थिएटरहरु तथा साँस्कृतिक भवनमा सहभागी देशको सम्मानमा सो देशका झण्डाहरु टाँगिएको नेपालका तर्फबाट सहभागी निर्देशक श्रेष्ठले जानकारी गराउनुभएको छ । 

विगत दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय श्रेष्ठ आसितेज इन्टरनेशनलको नेपाल सेन्टर ‘आसितेज नेपाल’को सदस्य हुनुहुन्छ । साथै थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक हुनुहुन्छ । नेपाली रंगमञ्चमा प्रतिवद्ध युवा रंगकर्मीका रुपमा परिचित उहाा विशेषत: बालसाहित्य र  बालरंगमञ्चको विकास र प्रवद्धनमा पनि सक्रिय हुनुहुन्छ ।