Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Bhoko Ghar</p>

Bhoko Ghar

,Description

कुशल तथा सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल गोठालेले तीसको दशकमा लेख्नुभएको एकाङ्की नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । समयान्तरसँगै मानिसका सपनाका तह बढेपनि स्वरुप उहि रहँदा यस नाटक हरेक समयको प्रतिनिधि हुनसक्छ । नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्या देख्न सकिन्छ । यहाँ मध्यम वर्गको आवश्यकता छ, सपना छ, महत्वकांक्षा छ अनि समस्या र दुर्घटना पनि छ ।

Directional Note

रंगकर्ममा लाग्दैगर्दा आफूले अभिनय गरेको नाटक निर्देशन गर्नु मेरो लागि समयसंगै आइपरेको एक सुन्दर घटना हो । संवादप्रधान नाटकको संवादको मर्मलाई उहिरुपमा कायम राख्दै दृश्यलाई उतार्न बारम्बार पढ्दा नाटकको गहिराईले मलाई झन् छुँदै गयो , फलस्वरुप यो नाटक तयार भएको छ । नाटक दृश्यात्मक विधा भएपनि संवादले इंगित गर्ने दूर दृश्यले मलाई अझै पनि तरंगित गरिरहेछ । साठीको दशकको मध्यतिरबाट संगसंगैजसो रंगकर्ममा उत्रेका हामी यस नाटकमा उत्रेका छौं । रंगकर्ममा संगै हुर्केका हामी कहिले सिनेमा कहिले नाटक गर्दै फेरि नाटकमा मन मिलाएका छौं । मन मिल्ने साथीहरुसँग काम गर्न सजिलो र वास्तविक सामूहिक कार्य हुँदोरहेछ । पहिले ‘भोको घर’मा खोलाउने नवराज बुढाथोकी सरप्रति आभारी छु । थिएटर मलमा स्वागत गर्दै यहाँहरुको प्रतिक्रियाले अझै सिक्न पाउने अपेक्षासहित ।

Cast & Crew

मञ्चमा

नरबहादुर: आकाश मगर

मन्दिरा: शान्ति गिरी

राजेन्द्र: सुदाम सिके

सरिता: सञ्जिता सञ्जी

टंकमान: अभय बराल


नेपथ्यमा

पोस्टर तथा मञ्च/प्रकाश परिकल्पना: घनश्याम श्रेष्ठ

मञ्च निर्माण: सुरेश कार्की, रामशरण रेग्मी

मञ्च कला/नवरस भित्ते कला: सुमन महर्जन, मेनुका राई, सुजिता महर्जन, कर्मेश श्रेष्ठ, लोला 

प्रकाश परिचालन: राजेन्द्र भट्ट

स्याडो प्ले: सौरभ न्यौपाने, अमृता खनाल

कोरियोग्राफी: शुष्मा कोइराला, सौरभ न्यौपाने

भिडियोग्राफी: प्रसुन सिन्धुलीय

भिडियो सम्पादन: देवेन्द्र गुरुङ

ध्वनि संयोजन: देव न्यौपाने

ध्वनि परिचालन: अमुल श्रेष्ठ

बक्स अफिस: अनुजा अधिकारी, आलिसा गौतम

व्यवस्थापन: अर्जुन पौडेल, उमेश कार्की, गणेश पौडेल, शिव परियार, सवनम चौधरी

प्रचार प्रसार: अर्मान श्रेष्ठ, प्रकु पाण्डे, ममता लामिछाने, रोसन सुवेदी, सुजन महत

कार्यकारी निर्माता: इलिना नकर्मी

मञ्च व्यवस्थापक: शंकर भण्डारी, राजेन्द्र भट्ट

लेखन: गोविन्दबहादुर मल्ल ‘गोठाले’

परिकल्पना/निर्देशन: केदार श्रेष्ठ

Designer and Director: Kedar Shrestha